Incident Reports

हिमालयन डिस्टिलरीमा हडताल जारी, पारिश्रमिक काटिएपछि मजदुर आन्दोलित

2020-09-27

Madhes, Parsa, Birgunj, Ward 21

वीरगंज : वीरगंज-२१ पटेलनगरमा रहेको हिमालयन डिस्टिलरी लिमिटेडमा मजदुरहरुको हडताल जारी रहेको छ। गत असोज ११ गतेखि मजदुरहरु हडतालमा उत्रेका हुन्। मजदुरहरु हडतालमा उत्रेपछि उद्योगको उत्पादन ठप्प भएको छ।

गत चैत ११ गतेदेखि नेपालमा लागेको लकडाउन र जिल्ला प्रशासन कार्यालय पर्साले लगाएको निषेधाज्ञाका कारण कम्पनी ७ महिनामा साढे दुई महिना चलेको छ भने आंशिक उत्पादन मात्र गरेको छ। तर, मजदुरहरुले लकडाउनमा सरकारले तोकेको मापदण्ड अनुसार पारिश्रमिक नदिएको आरोप लगाएका छन्।

पारिश्रमिकको माग गर्दै मजदुरहरु आन्दोलनमा उत्रेको आधिकारिक ट्रेड युनियन कारखाना श्रमिक संघ पर्साका अध्यक्ष सुखाडी यादवले बताए। उनले उद्योगको विगतको दुखद समयमा सारा मजदुरले पसिना बगाएर काम गरेको तर कोरोना महामारीको यस्तो संकटमा व्यवस्थापन पक्षले मजदुरको पारिश्रमिक कटौती गर्दा दुःख लागेको बताए।

‘कम्पनीले गैरकानुनी किसिमले मजदुरको तलब भत्ता काटेको र कोरोना महामारीको समयमा आवश्यक उच्च सतर्कता नअपनाएर उद्योग चलाएकोले हामी विभिन्न माग राख्दै उद्योगको उत्पादन ठप्प पारेको हौँ’, उनले भने, ‘जबसम्म हाम्रो माग सम्बोधन हुँदैन तबसम्म कम्पनी सञ्चालन गर्दैनौँ।’

मदजुरहरुले कल्याण कोषबाट रकम रकमान्तर गरी नियमानुसार पारिश्रमिक नदिएको आरोप लगाएका छन्।

यता, हिमालयन डिस्टिलरी मुख्य कार्यालय काठमाडौंका प्रशासन प्रमुख महेश पोखरेलले श्रम ऐन २०७४ मा ‘नो वर्क, नो पे’को व्यवस्था अनुसार तलब सुविधा कटौती गरिएको स्वीकार गरे। उनले कोरोना महामारीमा पनि नियमानुसार पारिश्रमिक दिइएको दावी गर्दै अन्य विवादमा पनि वार्ताबाट मजदुरको समस्या समाधान गर्ने पहल भइरहेको बताए।

हिमालयन डिस्टिलरी लिमिटेडले रोयल ट्रिजर, गोल्डेन ओक, ब्ल्याक ओक उत्पादन गर्छ। उद्योगमा १८८ जना स्थायी मजदुर र ७२ जना स्टाफ रहेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Secondary Cause Government Relief
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
National/Online Media

0 Comments