Incident Reports

१२ औँ अनसनमा गङ्गामाया !

2020-12-21

Bagmati, Kathmandu, Kathmandu

गङ्गामाया अधिकारीले पुस ६ गतेबाट अनसन थाल्नु भएको छ । सशस्त्र द्वन्द्वमा मारिएका कान्छा छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै अधिकारीले पुनः अनसन थाल्नु भएको हो ।

काठमाडौँको ट्रमा सेन्टरको सातौँ तलामा अनसन सुरु गर्नुभएको अधिकारीले यसअघि अनसन तोड्दा पटकपटक आश्वासन पाए पनि न्याय नपाएको बताउनुभएको छ ।

‘झुठो आश्वासन होइन न्याय चाहियो ।’–अधिकारीले भन्नुभयो–‘न्याय नपाइकन तड्पिएर बाँच्नु भन्दा त मर्नु बेस ! बरु अनसनमै मर्छु । न्याय नपाउञ्जेल अनसन तोड्दिनँ ।’

उहाँको यो १२ औँ अनसन हो । यसअघिका अनसनमा न्याय पाउने आश्वासन पाएकाले अनसन तोड्दै आउनुभएको थियो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports