Incident Reports

गंगामायाको जीवन बचाउन माग गर्दै धर्ना, २१ दिनदेखि अनशनरत अधिकारीको स्वास्थ्य अवस्था गम्भीर

2021-01-11

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं, पुस २७ । आफ्ना छोराका हत्यारालाई कार्वाहीको माग राखेर लामो समयदेखि संघर्षतरत गोर्खा फुजेलकी गंगामाया अधिकारीको पछिल्लो आमशरण अनशन २१ दिन पुगेको छ । तीन साता लामो आमरण अनशनका कारण अधिकारीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको छ भने औषधिसम्म पनि नखाँदा समस्या बढेको छ ।

तत्कालीन माओवादीले २०६१ साल जेठको २४ गते आफ्ना मावली हजुरबा हजुरआमा भेट्न चितवन आएका बेला अधिकारीका १६ वर्षीय छोरा कृण्णप्रसाद अधिकारीको पाशवीक ढंगले हत्या गरेको थियो । हत्यामा संलग्नहरुबारे किटनी जाहेरी दिँदा पनि न्याय नपाएपछि गंगामाअधिकारी र उहाँका पति नन्दप्रसाद अधिकारीले पटक पटक आमशरण अनशनलगायतका संघर्ष गर्नुभयो । 

तर राज्यले उहाँहरुलाई न्याय त दिएन उल्टै, छोराको हत्यारालाई कानूनी कारवाहीको माग गर्दागर्दै गंगामायाका पति नन्दप्रसादले २०७१ असोज ६ गते अनशनको ३३४ औं दिनका दिन वीर अस्पतालमै प्राण त्यागे । आफ्ना छोराका हत्याराका साथै पतिलाई अनशनमै मर्न विवश बनाउने राज्यका पदाधिकारीहरुलाई समेत कार्वाहीको माग गर्दै गंगामाया अधिकारी अहिले बाह्रौं पटक आमरण अनशनमा बसेको पनि २१ दिन भइसकेको छ । 

यसअघिका पटक पटकका आमरण अनशनमा छोरा कृष्णप्रसादका हत्यारालाई कार्वाही गर्ने आश्वासन दिँदै राज्यका पदाधिकारीहरुले गंगामायाको अनशन रोकाएका थिए । तर कसै गर्दा पनि न्याय नपाएपछि १२ औं पटक आमरण अनशनमा बस्नुभएका उहाँले अहिले अत्यावश्यकीय औषधिसमेत सेवन नगर्दा स्वास्थ्य अवस्था जटिल बनेको हो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports