Incident Reports

अधिकारकर्मीहरूद्वारा अधिकारी दम्पतीको जीवन रक्षाको माग l

2014-07-28

Ramesh Prasad Timalsina गोरखा फूजेलका गङ्गामाया र नन्दप्रसाद अधिकारी दम्पती आफ्नो छोराको हत्यामा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै अनसन बसेको २ सय ७७ औँ दिनमा अधिकारकर्मीहरूले फेरि जीवन रक्षाको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । अधिकारकर्मीहरू सुशील प्याकुरेल, कनकमणि दीक्षित, मन्दिरा शर्मा, सुबोधराज प्याकुरेल, शर्मिला कार्की र चरण प्रसाइँद्वारा साउन १२ गते जारी विज्ञप्तिमा यसअघि काङ्ग्रेस र एमालेले अधिकारी दम्पतीको जीवन रक्षा गर्ने कबोल गरेको भन्दै सत्तारुढ दलहरूलाई घच्घच्याइएको छ । 'सत्य निरुपण आयोगको बहानामा सबै प्रक्रिया रोकिएको छ, जबकि सर्वोच्च अदालत स्वयम् र संयुक्त राष्टसङ्घको मानवअधिकार उच्चायुक्तले समेत भनिसकेका छन् कि जघन्य अपराधको सर्न्दर्भमा सत्य निरुपण प्रक्रियाले फौजदारी न्याय प्रणालीको निरन्तरतामा रोक्दैन ।'-विज्ञप्तिमा भनिएको छ । वर्तमान सरकारको निष्त्रिmयताले दण्डहीनताको पक्षपातीको रूपमा उसले आफूलाई प्रमाणित गरेको छ भन्दै विज्ञप्तिमा अधिकारी दम्पतीलाई न्यायको खोजीमा अनसनमा बसी आफ्नो ज्यान खतरामा नपार्न भनिएको छ । विज्ञप्तिमार्फत अधिकारकर्मीहरूले चितवन जिल्लाका सरकारी वकिललाई तदारुकताका साथ जिल्ला अदालतमा अन्तिम सुनुवाइको लागि तयारी गर्न आदेश दिने, हत्याका मुख्य आरोपित रुद्र आचार्य विदेशमा भएकाले स्वदेशमा झिकाउने काम गर्न सरकारसँग माग गरेका छन् । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports