Incident Reports

अधिकारी दम्पत्तिको स्वास्थ्यबारे जानकारी गराउन निर्देशन l

2014-07-30

Bagmati, Kathmandu, Kathmandu

सभामुख सुवास नेम्वाङले आफ्ना छोराका हत्याका दोषीलाई कारबाहीको माग गर्दै झण्डै ३ सय दिनदेखि आमरण अनशनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारी दम्पतीको स्वास्थ्य स्थितिबारे संसद्लाई अविलम्ब जानकारी गराउन सरकारलाई निर्देशन (रुलिङ) गरेका छन् । साउन १४ गतेको बैठकमा नेम्वाङले अधिकारी दम्पतीलाई नियमित स्वास्थ्य उपचार गर्न र त्यसबारे संसद्लाई जानकारी गराउन समेत सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । संसदमा सभासदहरूले अधिकारी दम्पतिका बारेमा कुरा उठाएपछि सभामुख नेम्वाङले रुलिङ गरेका हुन् ।

0 Comments

Related Reports