Incident Reports

अधिकारी दम्पत्तिको स्वास्थ्य अवस्थाप्रति जवाफदेही निगरानी समितिको गम्भीर ध्यानाकर्षण l

2014-07-31

Bagmati, Kathmandu, Kathmandu

Bibek Dhungana छोराको हत्यारालाई कारबाहीको माग राखी २८० दिनदेखि वीर अस्पतालमा उपचारार्थ अवस्थामानै आमरण अनसनरत गोरखा फुजेल-७ का नन्दप्रसाद अधिकारी र उनकी पत्नी गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बन्दै गएको प्रति जवाफदेही निगरानी समितिको गम्भीर ध्यानाकर्षा भएको जनाएको छ । समितिका अध्यक्ष सुशील प्याकुरेलद्वारा साउन १५ गते जारी विज्ञप्तिमा भोक हड्तालमा रहेका दम्पत्तिको उपचारमा सम्बद्ध डाक्टरहरूले बचाउन सक्ने सम्भावना अत्यन्तै कम रहेको भनी सार्वजनिक अभिव्यक्ति दिइसकेकाले यसप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकार र जिम्मेवार राजनीतिक दलहरूले अधिकारी दम्पत्तिलाई अबिलम्वरूपमा न्यायनिरूपणप्रति विश्वास पारी उनीहरूको ज्यान बचाउन समेत माग गरेको छ । समितिले विज्ञप्तिमा भनेको छ, "यसभन्दा अघि मिति २०७० पौष १८ गतेनै प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकार र राजनीतिक दलहरूलाई अधिकारी दम्पत्तिले न्याय प्राप्तिको लागि गरेको सङ्र्घषलाई तुरून्त सम्बोधन गरी उनीहरूको ज्यान बचाउन आहृवान गरेको थियो । तर त्यसको सात महिना बितिसक्दा पनि उनीहरूको सङ्र्घष र मागप्रति बेवास्ता गरी अधिकारी दम्पत्तिलाई यस अवस्थामा ल्याई पुर्‍याउनुमा सरकार पूर्णरूपमा दोषी छ ।" आफ्ना छोराको हत्यारा पत्ता लगाई कारबाही गर्न माग राखी भोक हड्तालमा उत्रनुपर्ने अवस्था आउनु लोकतान्त्रिक दलहरूको लागि लज्जाको विषय हो भन्दै समितिले द्वन्द्कालमा भएका मानवअधिकार र मानवता विरोधी जघन्य अपराधका घटनाहरूको प्रभावकारी अनुसन्धान र दोषीलाई कारबाही गरी दण्डहीनताको अन्त्य, न्यायको सुनिश्चितता र कानुनी शासनको प्रत्याभुति गर्नु लोकतान्त्रिक राज्यको प्रमुख दायित्व हुने विज्ञप्तिमा उल्लेख छ । विवेक ढुङ्गाना

0 Comments

Related Reports