Incident Reports

बेपत्ता व्यक्तिहरूको अवस्था पत्ता लगाउन सबै व्यवधान हटाउन आग्रह l

2014-08-28

Bagmati, Kathmandu, Kathmandu

Online Desk जबर्जस्ती बेपत्ता सम्बन्धी संयुक्त राष्ट्रसंघीय दुई विशेषज्ञ टोलीले बेपत्ता पारिएकाहरूको अवस्थाबारे छानबिनका लागि सबै व्यवधान हटाउन राष्ट्रलाई आग्रह गरेको छ । जबर्जस्ती बेपत्ता पारिएका पीडितहरूको अन्तराष्ट्रिय दिवसको अवसरमा जबर्जस्ती बेपत्तासम्बन्धी समिति तथा जबर्जस्ती बेपत्ता कार्य समूहले आफ्ना प्रियजनको खोजबिनमा हुने सबै अवरोधलाई हटाई बेपत्ता पारिएकाहरूको परिवारहरूलाई सहयोग गर्न आग्रह गरेको हो । यसका लागि सैनिक फाइललगायत सबै अभिलेखहरू खोल्नसमेत ती टोलीले अनुरोध गरेको छ । राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयद्वारा जेनेभाबाट भदौ ११ गते जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना प्रियजनहरूको अवस्था जान्न लामो समय ठूलो पीडा सहेर प्रतिक्षा गर्ने आफन्तहरूको मुख्य आग्रह प्रायःजसो बेपत्ता पारिएका परिवार सदस्यको खोजी, खासगरी फेला परेका अवशेषको पहिचान नै हुने गर्छ ।’ राजनीतिक इच्छाको कमी तथा अपर्याप्त अनुसन्धानका कारण धेरैजसो परिवारहरूले अन्यायपूर्ण व्यवधानहरूको सामना गर्नुपर्छ, विज्ञप्तिमा उल्लेख छ। पीडितका आफन्त, उनीहरूका प्रतिनिधि र के भएको भनी जानकारी चाहने उचित रुचिभएका सबै व्यक्तिहरूको बेपत्तासम्बन्धी तथ्य स्थापित गर्ने राष्ट्रिय, अन्तराष्ट्रिय तथा क्षेत्रीय संयन्त्रमा पूर्ण र शीघ्र पहुँचलाई प्रत्याभूत गर्न राष्ट्रसंघीय टोलीले राष्ट्रहरूलाई आह्वान गरेको छ । टोलीले फोरेन्सिक विशेषज्ञहरूको प्रयोग र डिएनए परीक्षणको विस्तार तथा सबै उपलब्ध प्राविधिक तथा वैज्ञानिक प्रविधिको सक्दो प्रयोगमा जोड दिएको छ । उचित भएको अवस्थामा तदर्थ निकाय तथा विशिष्टिकृत इकाइ गठन गरी जबर्जस्ती बेपत्ताका घटनाको छानबिन गर्न र सबै रिपोर्ट गरिएका घटनाहरूको अनुवांशिक नमूना राख्नका लागि राष्ट्रिय डिएनए बैंकको स्थापना गर्न जबर्जस्ती बेपत्तासम्बन्धी समितिले प्रोत्साहन गरेको छ । अनलाइन डेस्क

0 Comments

Related Reports