Incident Reports

फुजेल हत्या काण्डका अभियुक्त रामप्रसाद अधिकारी गिरफ्तार

2014-12-21

Bagmati, Kathmandu, Kathmandu

Vivek Dhungana गोरखा फुजेल गाविस-७ का १६ वर्षीय कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका आरोपी सोही स्थानका रामप्रसाद अधिकारी काठमाडौंबाट गिरफ्तार परेका छन् । लामो समयदेखि फरार रहेको अधिकारीलाई जिल्ला प्रहरी कार्यालय चितवनका इन्स्पेक्टर रुगमबहादुर कुवँरसहित नेतृत्वको टोलीले पुस ६ गते बालाजुबाट गिरफ्तार गरेको स्रोतले जनाएको छ । प्रहरीले यसअघि पनि आरोपितहरूलाई गिरफ्तार गरी चितवन जिल्ला अदालतमा पेश गरेपनि प्रमाण नपुगेको भन्दै अदालतले उनीहरूलाई रिहा गरेको थियो । प्रहरीले किटानी जाहेरीमध्येका फुजेल गाविस ७ कै पर्शुराम अधिकारी, छविलाल पौडेल, भीमसेन पौडेल लगायतका केही व्यक्तिलाई २५ दिन हिरासतमा राखी अनुसन्धानपश्चात् हत्यामा संलग्न भएको प्रमाण नदेखिएको भन्दै जमानतमा रिहा गरेको थियो । हत्याको सम्बन्धमा कृष्णका दाजु नुरप्रसादले ११ जनाविरुद्व किटानी जाहेरी दिएका थिए । छोराका हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनशनकै क्रममा नन्दप्रसाद अधिकारीले करिब तीन महिनाअघि ज्यान गुमाइसकेका छन् भने उनकी श्रीमती गंगामाया अधिकारी अहिले उपचारको क्रममा वीर अस्पतालमै रहेकी छिन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports