Incident Reports

पीडितका मुद्दामा सम्बोधन गर्न नेपाल सरकारलाई मानवअधिकार समितिको आग्रह

2015-01-29

Bagmati, Kathmandu, Kathmandu, Ward 10

 मानवअधिकार उल्लङ्घनका घटनालाई सम्बोधन गर्न नेपाल सरकार असफल रहेको जनाउँदै संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार समितिले पीडितका मुद्दा सम्बोधन गर्न आग्रह गरेको छ । ११ वर्षअघि काभ्रेपलाञ्चोक जिल्ला पोखरीचौर गाविसका छात्रा सुभद्रा चौलागाइँलाई नेपाली सेनाले गिरपmतार गरी निर्ममतापूर्वक हत्या गरेको घटनामा छानबिन गरी दोषीमाथि कारबाही गर्न तदारुकता नदेखाएको भन्दै समितिले यस्तो आरोप लगाएको हो । उक्त घटनाको विषयमा एडभोकेसी फोरमको सहयोगमा सुभद्रका बाबु केदारनाथ चौलागाईले समितिमा उजुरी दिएका थिए । समितिको ध्यानाकर्षण बारे जानकारी दिन एड्भोकेसी फोरमले आयोजना गरेको एक कार्यक्रममा केदारनाथले ६० फागुन १ गते राति सेनाको समूहले ढोका खोल्न लगाएर घरभित्र पसि सुभद्रालाई लछारपछार गरेको सम्झना गर्दै भने-'त्यसपछि पापीहरूले छातीमा गोली हानी हत्या गरे ।' नेपालमै न्यायको आशा गरेका केदारनाथले नेपालमा न्याय नपाएकैले जेनेभास्थित मानवअधिकार समितिमा उजुरी गर्न बाध्य भएको बताए । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports