Incident Reports

पुनरावेदन अदालतद्वारा हलखोरी घटनाको अनुसन्धान गर्न परमादेश जारी

2015-03-24

Madhes, Mahottari, Ramgopalpur

 रामगोपालपुर गाविस-१ का २८ वर्षीय जकाउल्लाह नदापको नेपाल भारत सीमावर्ती क्षेत्रमा पर्ने हलखोरी गाविस-२ मा प्रहरीसँगको दोहोरो भिडन्तमा गोली लागेर मृत्यु भएको घटनाको छानविन गर्न पुनरावेदन अदालतले परमादेश जारी गरेको छ । पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्वय सत्यराज गुरुङ र मेघनाथ भट्टराईको चैत १० गते संयुक्त इजलासले दोहोरो भिडन्तमा मारिएको भनिएको विषयमा अनुसन्धान तथा छानबिन गर्न गराउन भनी जिल्ला प्रहरी कार्यालय, महोत्तरी समेतको नाममा परमादेश जारी गरेको हो । मृतकको बाबु अब्दुल सलामले छोरा नदाफको भिडन्तका नाममा गैरन्यायिक हत्या गरिएको भन्दै घटनाको अनुसन्धान, छानबिन गर्न तथा दोषीउपर ज्यानसम्बन्धी महल बमोजिम कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी रामप्रसाद श्रेष्ठलाई विपक्षी बनाइ ०७० चैत २ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए । जिल्ला प्रहरी कार्यालय महोत्तरीले जाहेरी बुझ्न अस्वीकार गरेपछि ०७० चैत २ गते जिल्ला हुलाक कार्यालय महोत्तरी (रजिष्टे्रशन नम्बर २७१४०३९) मार्फत पठाए पनि दर्ता भएन । जिल्ला प्रहरी कार्यालय, महोत्तरीले यो हत्या घटनालाई भवितब्य ज्यानमा अभिलेख गरेको छ जसको दर्ता नम्बर १३० रहेको छ । मृतकको बाबु सलामले ०७० चैत २ गते हुलाकमार्फत प्रेषित जाहेरी दर्खास्त कारबाही गरी पाउन विपक्षीहरूको नाममा परमादेशको आदेश जारी गरी पाउँ भनी पुनरावेदन अदालत, जनकपुरमा रिट निवेदन दायर गरेका थिए । नदाफको ०७० माघ १९ गते बिहान प्रहरीसँगको भिडन्तमा प्रहरीको गोली लागेर मृत्यु भएको एसपी श्रेष्ठले बताएका थिए । जलेश्वर अस्पतालमा ०७० माघ १९ गते शवको पोस्टमार्टम गरिएपनि ०७० माघ २२ गते मात्र परिवारजनले सनाखत गरी शव बुझेका थिए । मृतकको छातीमा र पेटमा गोलीले लागेको थियो । एसपी श्रेष्ठका अनुसार प्रहरी गस्ती टोलीलाई देख्नासाथ प्रहरीलाई लक्षित गर्दै लगातार फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ् गर्दा नदाफको मृत्यु भएको थियो । घटनास्थल वरपर एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोलीको खोका, एकथान सिक्सर र त्यसमा लाग्ते तीन गोली फेला परेको प्रहरीले जनाएको थियो । यसअघि पनि पुनरावेदन अदालत जनकपुरले सोनमामा प्रहरीसँगको दोहोरो भिन्डतमा मारिएका बदियाबन्चौरी गाविस-२ का २५ वर्षीय महोम्मद सेराजुल नुर मन्सुरीको घटनाको छानविन गर्न परमादेश जारी गरेको छ । पनुरावेदन अदालतका मुख्य न्यायाधीश मेघनाथ भट्टराईको संयुक्त इजलासले ०७१ कात्तिक १८ गते मन्सुरी दोहोरो भिडन्तमा मारिएको घटनाको अनुसन्धाना तथा छानविन गर्नू भनी परमादेश जारी गरेको थियो । मन्सुरीको सोन्मा गाविस-५ मा ०७० माघ २३ गते विहान गस्तीमा रहेको प्रहरी टोलीलाई देख्नासाथ लक्षित गर्दै गोली चलाएकाले प्रहरीको जवाफी कारबाहीमा मृत्यु भएको प्रहरीले जनायो । सुरुमा सनाखत हुन नसकेको शव ०७० फागुन १ गते परिवारजनले सनाखत गरी बुझेका थिए । भाइलाई गिरफ्तारपछि हत्या गरी भिडन्तको नाटक रचेको भन्दै मृतकका दाजु ३५ वर्षीय इसराफिल मन्सुरीले ०७० फागुन १ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी रामप्रसाद श्रेष्ठलगायत चार जना प्रहरी अधिकारीविरुद्ध जाहेरी दिए । प्रहरी कार्यालयले जाहेरी दर्ता नगरी यो घटनालाई भवितव्य ज्यानमा अभिलेख गरेको छ जसको दार्ता नम्बर १३३ रहेको छ । पीडित पक्षले भने जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता नगरेको भन्दै पुनरावेदन अदालतमा ०७० चैत ६ गते जिल्ला प्रहरी कार्यालयको नाउँमा परमादेश जारी गर्न निवेदन गरेका थिए । अजयकुमार साह
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
INSEC

0 Comments

Related Reports