Incident Reports

गणेश श्रेष्ठ हत्या घटनाको अनुसन्धान गर्न प्रहरीलाई आदेश

2015-04-22

Bagmati, Ramechhap, Ramechhap

रामेछाप जिल्लाको साँघुटार गाविस–१ का ३० वर्षीय गणेशकुमार श्रेष्ठको हत्याको घटनामा अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी कार्यालय, रामेछापलाई पुनरावेदन अदालत, जनकपुरले परमादेश दिएको छ । पुनरावेदन अदालत जनकपुरका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारी र न्यायाधीश मेघनाथ भट्टराईको संयुक्त इजलाशले वैशाख ८ गते ६ महिनाभित्र अनुसन्धान पूरा गरी दोषी उपर कारबाही प्रक्रिया अगाडि बढाइ जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश हुन आउन परमादेश जारी गरेको हो । श्रेष्ठको ०५९ मङ्सिर ६ गते तत्कालीन नेकपा माओवादीले गोली हानी हत्या गरेका थिए । यो घटना पीडितलाई न्यायको लागि १२ वर्षपछि ब्यूँतिएको हो । पीडितको तर्फबाट अधिवक्ता गोविन्द शर्मा बन्दी, पुष्पराज पौडेल, राजकुमार महासेठ र सिताशरण मण्डलले बहस गरेका थिए । १२ वर्षदेखि प्रहरीले प्रकृया अगाडि नबढाएपछि मृतकका छोरा विजय श्रेष्ठले ०७१ फागुन ६ गते जिल्ला प्रहरीको नाममा पुनरावेदन अदालत, जनकपुरमा रिट दायर गरेका थिए । श्रेष्ठ हत्या आरोपितहरू टिका सुनुवार, रक्तिम लामा, र अन्य नचिनिएका ६ जनाविरुद्ध मृतकका दाजु राजकुमार श्रेष्ठले ०५९ सालमै जिल्ला प्रहरी कार्यालय, रामेछापमा किटानी जाहरी दिएका थिए । राजकुमार श्रेष्ठको अर्को भाइ उज्जनकुमार श्रेष्ठको हत्यामा एमाओवादीका नेता बालकृष्ण ढुङ्गेल संलग्न रहेकोले माओवादी कार्यकर्ताले गणेशलाई गोली हानी हत्या गरेको घटनामा ढुङ्गेलको पनि संलग्नता रहेको पीडित परिवारको दावी रहेको छ । ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको ०५५ असार १० गते हत्या भएको थियो । उनका दाइ गणेशकुमार श्रेष्ठको ०५९ मङ्सिर ६ गते खेतमा काम गरिरहेको अवस्थामा रामेछापको साँघुटार–१ मा हत्या गरिएको थियो । उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा एमाओवादी पुर्वसभासद् ढुङ्गेललाई सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरिसकेको छ । पूर्वसभासद् ढुङ्गेलको योजनामा गणेश श्रेष्ठको हत्या भएको पीडित परिवारको दावी रहेको छ । विनोदकुमार रविदास
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Primary Cause International armed conflict (state vs state)
Actor 1 - Number of people 8
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments

Related Reports